भूकम्पपीडित वस्तीमा सरकारको डोजर आतंक

329

काठमाडौं ÷ आमूल परिवर्तन र जनताको अधिकारको लागि भन्दै दश वर्षसम्म सशस्त्र युद्ध लडेर आएको माओवादी नेतृत्वको सरकारले भूकम्पपीडितहरूले जीविकोपार्जनका लागि बनाएका छाप्रामा डोजर लगाएर आतंक मच्चाएको छ । काठमाडौं जिल्ला प्रशासनको निर्देशनमा बौद्ध चुच्चेपाटीस्थित भूकम्पपीडितहरूका टहराहरूमा डोजर लगाएर पीडितहरूको विचल्ली बनाइएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोक, दोलखा र रसुवालगायतका जिल्लाबाट काठमाडौं आई भूकम्पपीडितहरूले पालको अस्थायी टहरा बनाएर काठमाडौंको बौद्ध जोरपाटीस्थित पाँचतारे होटेल हायात रिजेन्सीको चौरमा बसेका थिए । त्यहाँ २ सय ४३ भूकम्पपीडित परिवार बस्दै आएका थिए । अस्त मंगलबार बिहान प्रहरीले डोजर लगाएर टहराहरू भत्काइएपछि भूकम्पपीडितहरूमाथि पीडा थपिएको छ ।

थाहा भएअनुसार भूकम्पपीडतहरूले अस्थायी टहरा बनाएर बसेको ठाउँ सरकारले पाँचतारे होटेल हायात रिजेन्सीलाई उपलब्ध गराएकोे जग्गा हो । उक्त जग्गामा भूकम्पपीडितहरूले आफ्नै तर्पmबाट टहरा बसेका थिए भने विभिन्न संघसंस्थाहरूले ३० वटा अस्थायी सौचालय निर्माण गरिदिएका थिए । होटेल हायात रिजेन्सीमा शेयर लगानी लगानी रहेका ‘लाउडा बिमान काण्ड’का नामले बदनाम आइसीटिसीका मालिक दिनेश श्रेष्ठको दवावमा गृह मन्त्रालयको निर्देशनबाट भूकम्पपीडत वस्तीमा यस्तो आतंक मच्चाइएको वस्तीका एक व्यक्तिले जनधारणालाई जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here