नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

41

काठमाडौं ।  शुक्रबार बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ।

रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न माओवादीले बैठक बोलाएको थियो।

स्थगित बैठक आइतबार बिहान ११ बजे बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको उनले बताए।

बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए। आजको बैठकमा काम गर्ने-नगर्ने नेताहरूको मूल्यांकन गर्ने कार्यसूची रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here