जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डिएसपी बसन्त पाठकका अनुसार ढकालको शव रोशन बस्नेतको दुईतले गोठको भुईं तलामा परालले छोपेको अवस्थामा फेला परेको छ । शरीरका विभिन्न भागमा चोटपटक लागेको र शरीर रक्ताम्य देखिएकाले उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
उनी मृत अवस्थामा फेला परेपछि अपराध अनुसन्धान विभाग र नेपाल प्रहरीको केनाइन कार्यालय महाराजगञ्जबाट तालिम प्राप्त कुकुरसहितको टोली झिकाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी पाठकले जानकारी गराए ।


















