काठमाडौं । १७ बर्ष गाैरवमय इतिहास बाेकेकाे गुडविल कन्सल्ट प्रा.लि.ले बुधबार एक कार्यक्रमका बिच आफ्नो १८ औ बार्षिकोत्सव मनाएको छ।
शैक्षिक भिषा, पार्टनर भिषा, भिजिट भिषा, पारिवारिक भिषाका साथ साथै नेपालबाटै स्किल्ड माईग्रेशन भिषाको भिषा आबेदन तथा डकुमेन्टेशन सेवाका लागि २०६२ सालको फागुन ९ गतेका दिनबाट आधिकारिक रुपमा दर्ता भई बिदेश जान इच्छुक ब्यक्तिहरुलाई सेवा प्रदान गर्दै आएको गुडविल कन्सल्टले सफलतमा १७ बर्ष पूरा गरी १८ बर्ष पुगेको उपलक्ष्यमा कार्यक्रमको आयोजना गरेको हो। विविध भिषामा बिदेश जाने सपना बुनेकाहरुको सपना साकार गर्ने कामको यति लामो समय पार गर्न सफल हुनुमा गुडविलको पेशागत इमानदारिता, ट्रान्सपरेन्सी, सहि सुझाव तथा निर्देशन मात्र होइन योग्य भिषा आबेदक चयन गर्ने क्षमता पनि हो।
संस्थाका प्राेपाइटर प्रविण शाहीले हामीले आबेदक जान चाहेको देशको भिषा प्रक्रियाबारे स्वयमले राम्ररी बुझेर आफू योग्य व्यक्ति भए मात्र भिषा प्रक्रिया अगाडि बढाउन सुझाव दिए । व्यवसायिक शुद्धता र पेशागत मर्यादा कायम राख्दै अघि बढ्ने जानकारी गराए ।


















