स्वीडेनमा नवजात शिशुको सङ्ख्या दुई दशककै न्यून विन्दुमा

51

एजेन्सी ।  स्वीडेनमा गत वर्ष नवजात शिशुको सङ्ख्या दुई दशककै न्यून विन्दुमा पुगेको छ।

सन् २०२१ यता सबैभन्दा कम जनसङ्ख्या वृद्धि भएको पनि स्वीडेनको टेलिभिजन ले शुक्रबार उल्लेख गरेको छ। ‘सन् २०२३ मा नवजात शिशुको सङ्ख्या सन् २००३ यता सबैभन्दा कम रह्यो। तर त्यतिबेलाको जनसङ्ख्या पनि आजको तुलनामा झण्डै १६ लाख कम थियो,’ तथ्याङ्क स्वीडेनका जनसङ्ख्या तथ्याङ्कविद् एन-मारी पर्सनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

गत वर्ष बसाइँसराइको ढाँचामा आएको परिवर्तनले पनि गत वर्ष सुस्त जनसङ्ख्या वृद्धि भएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here