काभा महिला नेसन्स भलिबलको उपाधि भारतले उचाल्याे

38

काठमाडौं । काभा महिला नेसन्स भलिबलको उपाधि भारतले जितेको छ।

फाइनलमा भारतले आयोजक नेपाललाई ३–२को सेटमा हराउँदै उपाधि जितेको हो। पाचौं सेटमा भारतले नेपाललाई १५–५ ले हराएको हो।

लिग चरणमा भारतलाई नेपालले हराए पनि फाइनलमा भने पराजित गर्न सकेन। त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको थियो। दोस्रो सेट भारतले २५–१४ ले जितेको हो।

यस्तै तस्रो सेट नेपालले २५-२२ अंकले जित निकाल्दा चौथो सेट भने भारतले २५–२१ जितेको थियो। नेपालले सेमिफाइनलमा इरानलाई हराएको थियो भने भारतले श्रीलंकालाई हराउँदै फाइनलमा पुगेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here