बढ्याे सुनको मूल्य

24

काठमाडाैं । आज बिहीबार सुनको मूल्य बढेको छ।

सुन प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

योसँगै आज छापावाल सुन १ तोला किन्न ग्राहकले १ लाख ४६ हजार ६ सय रुपैयाँ तिर्नुपर्नेछ। अघिल्लो दिन १ लाख ४६ हजार ३ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो। यता चाँदीको मूल्य भने घटेको छ। २० रुपैयाँले सस्तो भएको चाँदी आज १ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा चाँदी २६.८८ अमेरिकी डलर र सुन २ हजार ३९५ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here