चलचित्र ‘ह्रस्व दीर्घ’ विदेश यात्रामा

54
काठमाडाैं । नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ‘ह्रस्व दीर्घ’ विदेश यात्रामा निस्केको छ।

बिहीबारदेखि चलचित्र अष्ट्रेलियामा रिलिज हुने भएको हो। फिल्मको अष्ट्रेलिया रिलिज अधिकार युनाइटेड सिनेमाज र भिलेज फिल्मले लिएका छन्।

यो चलचित्र अष्ट्रेलियाको सबैजसो सहरमा रिलिज हुन लागेको अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले जनाइन्। नेपालमा दर्शकबाट अत्याधिक माया पाएसँगै फिल्मको विदेशमा माग बढेको दाबी अभिनेत्री ढुंगानाको छ।

नेपालमा दोस्रो हप्तामा पनि उत्साहजनक व्यापार गरिरहेको फिल्मको लागि अभिनेत्री ढुंगानासहितको टिम दर्शकसँग साक्षात्कार गर्न मोफसल दौडाहमा छ। नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन्। चन्द्र पन्तले निर्देशन गरेको फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको फिल्म तेलुगु र हिन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here