काठमाडौं । कुमारी बैंैकले नर्भिक हस्पिटलमा आफ्ना कर्मचारीहरूको स्वास्थ जाँच गरेको छ । बैंकले नर्भिक हस्पिटलको सहयोगमा आफ्ना कर्मचारी तथा तिनका पारिवारिक सदस्यहरू तथा ग्राहक वर्र्गमा स्वास्थ्य जाँच कार्यक्रमको सुरुवात गरेको जानकारी दिएको छ ।
सहमतिअनुरूप सुरुवातमा कुमारी बैंकले पुतलीसडक शाखाका कर्मचारीहरू, तिनका पारिवारिक सदस्यहरू र आफ्ना ग्राहकमध्ये उपस्थित केही गरी करिब ५० जनाभन्दा बढी सदस्यहरूको पुतलीसडक शाखामा बुधवार एक विशेष स्वास्थ्य जाँच शिविरको आयोजना गरेको छ । रोग रोकथाम एवम् रोग सुरुवाती अवस्थामै पत्ता लगाई आफ्ना कर्मचारी एवम् तिनका आफन्तको राम्रो स्वास्थ्य स्थितिको सुनिश्चितता गर्ने अभिप्रायले उक्त शिविरको आयोजना गरिएको बैंकले जानकारी दिएको छ ।
जनधारणा साप्ताहिक
















