सिद्धार्थ बैंकको ‘मेरो शेयर’ खाता सञ्चालन

139

काठमाडौं । सिद्धार्थ बैंकले मेरो शेयर खाता सञ्चालन गरेको छ । बैंकले आस्बामार्फत आईपीओ र एफपीओमा आवेदन गर्न चाहनेका लागि ‘सिद्धार्थ मेरो शेयर खाता’ सञ्चालनमा ल्याएको हो । उक्त खाताबाट सरल र सुरक्षित तरिकाले शेयर बजारमा लगानी गर्ने सकिने बैंकले जानकारी दिएको छ ।
बैंकले सो खातामा निःशुल्क रूपमा अनलाइन आस्बा, डिम्याट, सीडीएस र डिम्याट खाताको वार्षिक शुल्कमा छुट दिएको जानकारी दिएको छ । यसैगरी पाँच लाखसम्मको निःशुल्क दुर्घटना बीमालगायतका अन्य धेरै बैंकिङ सुविधाहरू प्रदान गरेको छ । यस बचत खातामा ग्राहकले ६ प्रतिशत वार्षिक ब्याजदर प्राप्त गर्नेेछन् । यो खाता खोल्न आपूmलाई पायक पर्ने सिद्धार्थ बैंकका शाखाहरू तथा सिद्धार्थ क्यापिटल, नारायणचौर नक्सालमा समेत सम्पर्क राख्न सकिने छ ।

जनधारणा साप्ताहिक 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here