राटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा भएको दोस्रो विराटनगर हव अन्तर–स्कुल क्रिकेट प्रतियोगिताको उपाधि अरनिको स्कुलले जितेको छ ।
शनिबार विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा अरनिकोले साविक विजेता सरस्वती स्कुललाई ५ विकेटले पराजित च्याम्पियन बनेको हो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०७ रन बनाएको थियो । सरस्वतीका लागि अविजित यादवले ४१ रन बनाउँदा अविशेक यादवले २२ रनको योगदान दिए । अरनिकोका अमन यादवले ३ तथा साजन यादवले २ विकेट लिए ।
विजयी तथा अन्य खेलाडीलाई राखेपका पूर्व सदस्य सुधिर अर्याल, मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
फागुन ५ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ स्कुलको सहभागिता रहेको थियो ।















