प्रशान्त महासागर
इतिहासमा को के कहाँ कस्तो थियो । बुझ्नुस् है ! थियो भन्नु मरिसक्यो । अब मर्नु स्वाभाविक हुनुसक्छ भने त्यही मर्नुलाई मार्नु भनिईयो भने कानून वा नियम संगत कुरा हुनजान्छ । यहाँ आजभोली कीर्तिपुरमा चलिरहेको बहस मभिं पुखू मर्नुसँग भन्दा नि मार्न किन पाईन्न चर्चा उठेको छ ।
हिजोको मिति २०७८ पौष १० गतेतिरको हुनुपर्छ शायद त्यतिबेला पुरातत्वको महत्व हुने समूह आज समय र परिवेश हिजो मार्न हुन्न भन्ने अनि आज के हुन्छ भन्ने अनेक तर्क राखी बेफजुलको खर्च सौन्दर्यकरणको जिद्दी मर्नु र मार्नु एउटै कुरा हुन् भन्न जुरमुराएका छन् । र सौन्दर्यकरण ठिक भन्न कसैले नभनिएको विकास विरोधी चर्चामा ल्याएछन् । २०७८ सालदेखि पोखरी बनाउनुपर्छ खुल्ला हुनुपर्छ भन्ने जनभावना राजनैतिक अवधारणा बन्न गएको छ । हिजो पनि कसैले पोखरी बनाउनु पर्दैन् भनेको छैन् आज पनि कसैले पोखरी विरुद्ध छैन् । विवाद र प्रतिवाद सौन्दर्यकरणको बारे मात्र हो । र रह्यो पुरातात्त्विक महत्व सवाल डण्डी र सिमेन्ट भन्दा मजबुत अर्को हुन्न । माटोले नै बनाउँछ भन्ने जिद्दी कसैको छैन् । पोखरी बन्नुपर्छ । बनाउनुपर्छ । खुल्ला हुनुपर्छ । बाटो साँघुरो भएको सवालमा अझ पुरेर चौडा गरेको भए खर्च खेर जानेथिएन् । मापदण्ड घटबढ हुन्छ । क्षतिपूर्ति सरकारसँग लिईन्छ । यो कुरा बुझ्नुपर्छ । अर्को धेरै भ्रममा पारिएको कुरा : अब खेतीपाती गर्नुपर्दैन् पोखरीको आवश्यक छैन् यो बिल्कुलै गलत कुरा हुन् । नेपाललाई विश्व चिनाउने सभ्यता नेवा: सभ्यता हुन् । यसको विकासक्रम अगाडि वामे सर्दा विशेषगरी देश राज्य संरचना सोचिदा नाउँ फरक होला त्यो बेग्लै कुरा हुन् तर नेवा: सभ्यता बस्ती राज्य बन्दा वा बनाउँदा सुरुमा तीन वटा पोखरी अवश्य बनाईन्छन् जस्लाई कीर्तिपुरमा लाभा, भिं र मभिं नामाङ्कन गरिएका छन् । स्थान फरकमा महत्व दृष्टिकोणले ३ वटा नभएपनि २ वटाको औचित्य अवश्य राखिएका हुन्छन् ।
यसको सत्यतथ्य नेवा: सभ्यता भएको बस्ती राज्यको अवलोकनले बुझेपनि हुन्छ । रह्यो यहाँ भएका अरु पोखरीहरु अतित्व नहुनु वा नराखिनु समय फेरबदल परिस्थिति अनुरुपको स्वार्थ हुनसक्छ त्यसको खोजिनीती सम्भव छ भने गर्नुपर्छ । तर जिउँदोलाई मार्दा के हुन्छ भन्ने कुरा स्वाभाविक रुप मरेकाहरुको उदाहरण उचित हुन्न । समयमै अझ भनौं पुरातात्त्विक महत्व मासेकै कारण अख्तियारमा दर्ता भएको पोखरी आफुखुशी म यस्तै बनाउनु भनी सौन्दर्यकरण गर्नु सत्ता र शक्ति आवाज राख्नु मात्र हुनेछ । सौन्दर्यकरण होला तर इतिहासले सराप यथार्थता शेष रहन्छन् नै । म अझ स्पष्टका साथ भन्न चाहे ” पोखरी नबनाउन कसैले भनेका छैनन् । फजुल खर्च बन्ने बेतुकको सौन्दर्यकरण हटाऔं मात्र भनिएका हुन् । त्यसलाई विकास विरोधी भन्ने कुरा सार्वजनिक हुनु आफै पनि हिजो त्यही थिए स्विकार्नु मात्र हुनेछ । र ढिलो भन्ने सवालमा २०७८ साल देखि यसको खण्डन हुँदै आएको छ । र पुरातत्व विभागले प्राचीन स्मारक अन्तर्गत मभिं पुखू पर्छ । यो पुखू विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पोखरी भनिएको सारलाई रोक्काकै रुपमा बुझ्नु हामी शैक्षिक रुप सभ्य भयौं अब सौन्दर्यकरण गर्नैपर्छ बुझ्नु र सौन्दर्यकरणले जवानी हुन्छु भन्नु एउटै हो ।
अन्तमा, हुन त अब कीर्तिपुर कुनै राज्य वा देश होईन् । त्यसकारण पहिचान र स्वाभिमान नचाहिने हो भने पोखरी मास्नु उचित होला । हुन त हिजो चियागफमा वाफिएको कुरा पुरेर कुनै व्यवसायिक महल बनाउदा के हुन्छ ? चर्चामा थियो । विकास आउँछ समृद्ध आउँछ सोचिएको कुरा मात्र थियो जुन गलत हो । कारण राष्ट्र संघमा दर्ता भएको नेपाल जस्को लिपि रजनालिपी हुन् त्यो नेपाल होईन् भन्ने सन्देश वा त्यसबा हटाईयो भने नेपाल हुन्न । सिङो कीर्तिपुरको प्रतिनिधित्व कीर्तिपुर ३ अवस्थित तीनवटा पोखरीले गरिरहेका छन् । यो मनन होस् । अत: कीर्तिपुरलाई समृद्ध बनाउने पोखरीमा मन लागी आफुखुसी सौन्दर्यकरण नगर्न आग्रह गर्न चाहन्छु । हाम्रो सम्पदा हाम्रो पहिचान बूढो भएको छैन् मेकअप आवश्यक छैन् । मभिं पुखू विकास गर्ने ठाउँ होईन्, संरक्षण गर्ने पर्यावरण स्थल हो । मभिं पुखू कसैले नबनाउने भनेको छैन् । यदि सौन्दर्यकरण आवश्यक नै छ भने जनमत संग्राह गरौं हस्ताक्षर संकलन जस्तै….


















