शिक्षक-प्रहरी झडप ! पानीको फोहोरा र अश्रुग्यास प्रहार

639

काठमाडौं / शिक्षक र प्रहरीबीच झडप भएको छ । माइतीघरमा जम्मा भएर वानेश्वरतर्फ अघि बढेका शिक्षकलाई प्रहरीले एभरेष्ट होटल अगाडी रोक्न खोजेपछि झडप भएको हो ।

राहत र बालविकास शिक्षकहरुले पेशागत स्थायीत्वको माग गर्दै नयाँ बानेश्वरमा गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको हो । शिक्षकको भिडलाई नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको थियो । त्यसपछि शिक्षकहरुले पनि नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए । अश्रुग्यासका कारण पैदलयात्री र सर्वसाधारण पनि प्रभावित भएका छन् । प्रहरीसँगको झडपमा केही शिक्षक घाइते भएका छन् । अहिले नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त छ ।

मुलुकभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमासमेत ४० हजारको हाराहारीमा राहत दरबन्दीका शिक्षक कार्यरत छन् । सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरबन्दीको सिर्जना गरेर विद्यार्थी भएका विद्यालयमा राहत कोटामा शिक्षक नियुक्त गरेको थियो ।

अहिले तीनै शिक्षकले आफूहरुलाई स्वतः दरबन्दीमा रुपान्तरण र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् । आफूहरुको माग विपरित शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै उनीहरु लामो समयदेखि आन्दोलनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here