लिभरपुलले एभर्टनसँग गोलरहित बराबरी खेल्यो

87

आइतबार राति भएको लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबल खेलमा लिभरपुलले एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । कमजोर मानिएको एभर्टनसँग बराबरी खेलेपछि लिभरपुलले शीर्ष स्थानमा पुग्ने अवसरलाई पनि गुमाएको छ । लिभरपुलविरुद्ध एभर्टनले उत्कृष्ट प्रदर्शन गरेको थियो । खेलअवधिभर आफ्नो पकडमा बल नियन्त्रण राख्न सकेपनि लिभरपुलले गोल गर्न भने सकेन । पहिलो हाफमा गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा लिभरपुलले खेल बराबरीमा सक्यो । बराबरीसँगै लिभरपुलको २९ खेलबाट ७० अंक रहेको छ । शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको भने समान खेलबाट ७१ अंक छ । यता, एभर्टनको भने २९ खेलबाट ३७ अंक मात्रै छ । लिगको तेस्रो स्थानमा रहेको टोटनहृयामको २९ खेलबाट ६१ अंक हुँदा चौथो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको ५८ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here