कमलपोखरी अतिक्रमप्रति राष्ट्रिय समाजवादी पार्टीको गम्भीर ध्यानाकर्षण

311

काठमाडौँ/राष्ट्रिय समाजवादी पार्टी, नेपालले काठमाडौँमा स्थित धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक रुपमै महत्वपूर्ण बोकेको कमलपोखरी सार्वजनिक सम्पदालाई केहि स्वार्थ बोकेका समूहबाट अतिक्रमण गरेको प्रती गम्भीर ध्यानाकर्षण गरेको छ ।

राष्ट्रिय समाजवादी पार्टी, काठमाडौँ भ्याली व्युरोले एक प्रेस बिज्ञप्ती जारी गर्दै काठमाडौं उपत्यका भित्र रहेका सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको क्षेत्रहरुमाथि दिनप्रतिदिन अतिक्रमण बढ्दै गएकोमा ध्यानाकर्षण गरेको हो ।

सांस्कृतिक र धार्मिक रुपले महत्वपूर्ण मानिने कमल पोखरी र नेवा: गुठीलाई मास्ने गरी व्यक्तिगत सम्पत्तीमा समाहित गरी अतिक्रमण गरिनु, व्यापारिक कम्प्लेक्स निर्माण गरी सन्चालनमा ल्याई सक्दा समेत सरकारका सम्वन्धित निकाय मुकदर्शक बन्नु दुर्भाज्ञ भएको उक्त विज्ञप्तीमा उल्लेख गरेको छ ।

यसरी सार्वजनिक सम्पदा अतिक्रमण गरी व्यापारिक कम्प्लेक्स निर्माण गरिनु सामाजिक तथा प्राकृतिक न्यायको सिद्धान्त बिपरित हुने भएको हुँदा जस्ताको त्यस्तै पोखरी कायम गर्नु पर्ने नेपाल सरकार, गुठी सस्थान तथा स्थानीय सरोकारवालाको उपस्थितिमा अविलम्ब समस्याको समाधान गर्न माग गरेको छ । पार्टीले अन्यथा वेवास्ता गरिए सशक्त सङ्घर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने विज्ञप्तीमा उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here