मृत अवस्थामा फेला

4

काठमाडौं । बैतडी, सुर्नया गाउँपालिका-८ ढोलेस्थित सडकमा सोही ठाउँ डेरा गरी बस्ने कैलाली धनगढी उपमहानगरपालिका-१ हनुमान टोल घर भएका ४५ वर्षीय पुरन धोबी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

इलाम, देउमाई नगरपालिका-१ बरभज्याङ बस्ने ५४ वर्षीया लक्छुमाया राई सोही ठाउँस्थित खाड्रुङ खोलाको डिलमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । बुधबार घरबाट माछा मार्न भनि हिडेकी उनी घर फर्की नआएकोले खोजी गर्ने क्रममा शव फेला परेको हो ।

डोटी, शिखर नगरपालिका-११ बारपाटास्थित सेती नदीमा हाल नाम, थर, वतन नखुलेकी महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here