नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी सार्वजनिक

231

काठमाडौं/राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी आज सार्बजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गरी नयाँ जर्सी सार्वजनिक गरेको हो ।
नेपाली फुटबल टोलीको जर्सीमा देब्रेपट्टि एन्फाको लोगो रहेको छ, यसअघि त्यस ठाउँमा राष्ट्रिय झण्डा राखिएको थियो । जर्सीमा सगरमाथा हिमालको आकृति पनि बनाइएको छ । लोगोको डिजाइन सन्दीप तिवारीले गरेका थिए । लोगोको एक पट्टि छेउमा बनाइएको फुटबलमा सात प्रदेशको प्रतीक पनि समावेश गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here