काठमाडौं । विवादित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई फेरी थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले म्याद थप गरेको हो ।
विभागबाट अनुसन्धानको लागि ३० दिनको म्याद माग भएकोमा अदालतले ७ दिन थपेको हो । यस अघि पनि उनीहरुलाई बैशाख ९ गते ७ दिन म्याद थप भएको थियो ।
भट्टलाई चैत १९ गते पक्राउ गरिएको थियो भने अग्रवाल चैत २१ गते पक्राउ परेका थिए ।

















