काठमाडौं । नेपाली सेनाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको जनाएको छ ।
बुधबार एक प्रेस नोट जारी गर्दै सैनिक मुख्यालय जंगी अड्डाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको जनाएको छ ।
सेनाले संकलन गरेको त्यही विवरणलाई सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा नेपाली सेनाले सुकुमवासीको विवरण माग गरेको विषय सार्वजनिक भएपछि यसबारे सेनाले प्रष्ट पारेको जनाएको छ ।
‘नेपाली सेनाका स्थानीय युनिटहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा हुनसक्ने विपद् घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनस्थापना कार्यहरूलाई सहज बनाउने उदेश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्नका लागि तथ्यांक अद्यावधिक गर्ने कार्य गरिएको जानकारी गराउँछौं,’ विज्ञप्तिमा उल्लेख छ ।


















