लागूऔषध राखेर तस्करी गरेको आरोपमा एक जना पक्राउ

14

काठमाडौं । प्रहरीले सेप्टिक ट्याङ्करभित्र लागूऔषध राखेर तस्करी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले १६ फागुनमा गोकर्णेश्वर–५, जम्मुडाँडाबाट हरिवन–३, सर्लाहीका ३४ वर्षीय नविन मोक्तानलाई पक्राउ गरेको हो ।

ब्यूरोका एसपी रामेश्वर कार्कीका अनुसार, विशेष सूचनाका आधारमा सडक किनारमा रोकी राखेको ना ८ ख २०२२ नम्बरको सेप्टिक ट्याङ्कीमा सिटमुनि जाँच गर्दा लागूऔषध विनसेरेक्स ४७५ बोतल बरामद गरिएको हो ।

लागूऔषध भेटिएपछि मोक्तानलाई पक्राउ गरेर लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढेको उनले बताए । प्रहरीले सेप्टिक ट्याङ्कर समेत बरामद गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here