फागुन २१ गते बस्ने बैठकमा दिन सरकारलाई रुलिङ

50

काठमाडाैं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका विभिन्न समसामयिक विषयहरूको जवाफ फागुन २१ गते बस्ने बैठकमा दिन सरकारलाई रुलिङ गरेका छन्।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीले बालकुमारी घटनामा दोषी करार मन्त्रीको राजीनामा नआएको र प्रधानमन्त्रीले पनि संसदमा आएर कुनै जवाफ नदिएको भन्दै बैठक अवरोध गरेका थिए।

मिटरब्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधानमा सरकार जिम्मेवार नभएको, रुसी सेनामा नेपाली भर्ती भएको विषय लगायतमा प्रतिपक्ष दलले पटक-पटक सरकारलाई प्रश्न सोधे पनि जवाफ नपाएको उनीहरूको भनाइ थियो। लगत्तै सभामुख घिमिरेले आफूले यस अघिको बैठकमा पनि सरकारलाई बैठकमा उपस्थित भएर जवाफ दिन निर्देशन दिएको बताए। उनले सभाको फागुन २१ गते बस्ने बैठकमा समसामयिक विषयहरुको सन्दर्भमा जवाफ दिन नेपाल सरकारलाई रूलिङ गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here