स्थानीय तह जोड्ने महत्त्वपूर्ण सेतुः प्रधानमन्त्री

30

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु भएको बताएका छन्।

लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश संरचना संघ र प्रदेशलाइ जोड्ने महत्त्वपूर्ण सेतु भएको, प्रदेशलाइ बलियो बनाउनेगरी पूर्ण अधिकार सम्पन्न बनाउनेतिर सरकारले ध्यान दिएको बताए।

यस्तै, उनले क्रान्तिकारी नेतृत्त्वले नै शान्तिको महत्त्वलाई गहिरोगरी बुझ्ने भएकाले त्यसलाई मनन गर्नुपर्ने बताए। नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति मौलिक प्रकृतिको भएको जानकारी दिए।

‘हामीले गौरव गर्नुपर्छ। नेपालको राजनीतिक इतिहासमा हामी मात्रै त्यस्तो शक्ति र नेतृत्त्व हौँ, जसले क्रान्ति र शान्ति दुवैको नेतृत्त्व गर्ने अवसर प्राप्त गर्‍यौँ,’ प्रधानमन्त्री प्रचण्डले भने,’त्यसैले मैले भन्ने गरेको छु– जसले क्रान्तिको नेतृत्त्व गर्दछ, शान्तिको आवश्यकता र महत्त्व पनि त्यसले नै सबैभन्दा बढी बुझ्न सक्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here