माकेबाट नारायणकाजी श्रेष्ठले मन्त्रालयमा निरन्तरता पाउने

6

काठमाडौं । नयाँ सत्ता गठबन्धनबाट बुधबार थप मन्त्रीहरुको शपथ तयारी भइरहँदा नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले मन्त्रालयमा निरन्तरता पाउने भएका छन्। नारायणकाजीले उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका हुन्।

त्यस्तै, ऊर्जामन्त्रालयको नेतृत्वमा शक्ति बस्नेतले निरन्तरता पाउने भएका छन् भने रेखा शर्माले सञ्चार मन्त्रालयमा निरन्तरता पाउने भएकी छन्।

माओवादी उपमहासचिव बर्षमान पुनले उपप्रधानसहित अर्थ मन्त्रालयको नेतृत्व गर्नेछन्।

उता नेकपा माओवादी केन्द्र, एमाले, रास्वपा र जसपासहितको नयाँ सत्ता गठबन्धनको गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका सभापति रवि लामिछाने गृहमन्त्री बन्ने पक्का भएको छ।

बुधबार चार दलीय गठबन्धनको बैठकमा भएको मन्त्रालय बाँडफाँडमा रास्वपाका सुमना श्रेष्ठ शिक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकूद, र डिपी अर्याल श्रम मन्त्री बन्ने जनाइएको छ।

डिपीले बिना विभागीय मन्त्रालयको शपथ लिइसकेका छन् भन्ने अन्यको मन्त्रालयको टुंगो मात्रै लागेको हो। यता नेकपा एमालेबाट सरकारको नेतृत्व पार्टीसचिव समेत रहेका रघुवीर महासेठले गर्ने भनिएको छ। एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित महासेठलाई सरकारको नेतृत्व गरेर पठाउने भएको छ। एमालेबाट यसअघि बिष्णु पौडेललाई पठाउने भनिए पनि उनले अर्थ वा गृहमध्ये एक मन्त्रालय रोजेको र ती दुवै खुस्केकाले महासेठ एमालेको नेतृत्व गरेर सरकारमा जान लागेका हुन्।

एमालेबाट सरकारमा ९ जना मन्त्री बन्ने भएका छन्। जसमध्ये पदम गिरी मन्त्री भइसकेका छन् भने बाँकी ८ जनामध्ये महासेठको नाम टुंगिएको हो।

चार दलीय गठबन्धन मध्येको जसपामा भने मन्त्री बन्नेको नाम टुंगो लाग्न सकेको छैन। जसपामा अझै सरकारमा जाने विवाद बाँकी रहेकाले मन्त्रालयको टुंगो लाग्न नसकेको हो। यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार साँझ शपथ लिएका हुन्।

काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिलेर सरकार बनाएका प्रचण्डले सोमबार सानो आकारको मन्त्रीमण्डल गठन गरेका हुन्। आज केही मन्त्री थप्ने सरकारको तयारी छ।

सरकारमा सहभागी चार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना उपप्रधानमन्त्री हुने समझदारी भएसँगै चारै उपप्रधानमन्त्रीको शपथ सोमबार हुने भनिए पनि सबै दलमा मन्त्री बन्नेहरुको तँछाडमछाडका कारण सोमबार तीन मन्त्रीको मात्र शपथ भएको थियो।

नयाँ गठबन्धनबाट प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरता पाउँदा उपमहासचिव वर्षमान पुन पहिलोपटक उपप्रधानमन्त्री हुन लागेका हुन्।

सरकारमा सहभागी हुने वा नहुने टुंगो नलागेको नेकपा एकीकृत समाजवादी नेकपा एसको भने सचिवालय बैठक चलिरहेको छ।

प्रचण्डविरुद्ध गठबन्धन बनाउन लागेका कांग्रेस सभापति शेर बहादृुर देउवाले पनि नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्रीको अफर गरेपछि नेकपा एस दोधारमा परेको छ।

देउवाले नेपाल निवास कोटेश्वर गएर बुधबार विहान नेपाललाई भेटेका थिए। प्रचण्डले पनि नेपाललाई प्रधानमन्त्रीको अफर गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here