शिवरात्री नजकिएसँगै पशुपतिमा साधुसन्तहरुको चहलपहल बढ्याे

34

काठमाडौं । यस बर्षकाे शिवरात्री नजकिएसँगै पशुपति मन्दिरमा जोगी र साधुसन्तहरुको चहलपहल ह्वातै बढेकाे छ ।

महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम अहिले जारी छ ।

मंगलबार बेलुकासम्म तीन हजार बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साधुसन्त र जोगीबाबाहरुको क्रियाकलापले धेरैको ध्यान खिच्ने गर्दछ । त्यसैले साधुसन्त बसेको ठाउँमा पनि दर्शनार्थीहरुको सहभागीता उल्लेख्य हुने गरेको छ ।

सरकारले सार्वजनिक स्थानमा धूमपान र मद्यपान निषेध क्षेत्र घाेषित गरेता पनि अझै पनि कानुन छुन सकेकाे छ ।  उनीहरू आफूलाई भगवान शिवका प्रतीक मान्ने गरिन्छ । उनीहरु निष्फिक्री गाँजा तानीरहेका छन् ।

पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन तथा बिक्री वितरण गर्न रोक लगाएको छ । तर त्यसको अनुगमन तथा कार्यान्वयन पक्ष हरेक वर्ष फितलो देखिएकाे छ  । बुधबार बिहान पनि पशुपतिनाथ मूल मन्दिर परिसरमा पर्व मनाउन आएका साधुसन्तको दृष्य पनि विगतका वर्षभन्दा फरक देखिएन ।

शिवरात्रि पर्व मनाउन पशुपति आएका साधुसन्त तथा जोगी बाबाहरुलाई भोजनसहित धुनीको व्यवस्था मिलाइएको छ । गुठी संस्थानको पशुपति गोश्वारा कार्यालय प्रमुख उमा आचार्यका अनुसार पशुपति क्षेत्रका गोरखनाथ, राममन्दिर, निर्मल र भष्मेश्वर अखडामा भोजन र धुनीको व्यवस्था मिलाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here