एमालेकाे सचिवालय बैठक आगामी बैशाख ८ र ९ गते

51

नेकपा एमालेले आगामी बैशाखमा पार्टीको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बसाउने निर्णय गरेको छ। शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले आगामी बैशाख ८ र ९ गते परिषद्को बैठक राख्ने निर्णय गरेको हो।

एमालेमा २ हजार भन्दा बढि महाधिवेशन प्रतिनिधि परिषद् सदस्य छन्। एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गरेको छ।

पार्टी सचिवालय बैठकले नयाँ सत्ता समिकरणले मुलुक विद्यमान संकटलाई समाधान गर्न अनुकुलता प्रदान गरेको निष्कर्ष निकाल्दै त्यसलाई साथ र समर्थन गर्न अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको ५ राजनीतिक दलहरु सम्मिलित सरकारमा अन्य राजनीतिक दलहरुलाई साथ र समर्थन गर्नका लागि अनुरोध गर्ने निर्णय गरिएको बताए।

बैठकले जनतामा रहेको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामहरुलाई तिब्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्ने कुरामा पनि जोड दिएको छ।

नयाँ सत्ता समीकरण मुलुकको स्वाधिनता, स्वाभिमान, राष्ट्रियतको प्रश्नमा, विकास र समृद्धिको प्रश्नमा, सामाजिक न्यायको प्रश्नमा फलदायी हुने विश्वास पनि एमालेले लिएको छ।

महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्याउने हिसावले सरकारलाई पार्टीको तर्फबाट सकारात्मक योगदान पुर्याउन पार्टीको तर्फबाट सक्दो योगदान गर्ने निर्णय पनि बैठकले गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here