पसलबाट लाखौंको नगद बराबरकाे समान चोरी

34

पर्सा  ।  पर्साको सिमावर्ती बजार भिस्वामा गएरात्री एक किरान पसलबाट लाखौंको नगद बराबरकाे समान चोरी भएको छ।

चोरी भएको छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वा बजारमा रहेको हरि कुशवाहाको किराना पसल बाट गयराती अज्ञात चोर हरुले पछाडीबाट ढोकाको तालचा फोडी बिभिन्न किसिमका चुरोटको डब्बा लगायत अन्य समान र नगद गरि दस लाख बराबरको समान चोर हरुले चोरी गरि लगेका छन।

चोरहरुले पसलको अगाडिबाट सिसि केमरा फुटाएर चोरी गरेका छन। घटना स्थलमा पुगिएका ईलाका प्रहरी कार्यालय पोखरियाका प्रनि मोहन बिक्रम केसीको नेतृत्वमा पुगी भिस्वा बजारमा लगाएको सिसि केमरामा चेक जाँच गरेका छन। घटनाको सम्बन्धमा अनुसंधान भईरहेको जनाए ।

प्रहरी चौकी भिस्वा र सशस्त्र प्रहरी भिस्वाको नाकको अगाडिबाट चोरी भएको स्थानिय हरुले गुनासो गरेका छन।नेपाल प्रहरी र सशस्त्र प्रहरी चौकी बाट सय मिटर दुरीमा रहेको भिस्वा बजार बाट हरि कुशवाहाको किराना पसल बाट चोरी भएको छ। यता भिस्वा बजारबाट चोरीको घटना बढेको स्थानिय हरुले जनाएका छन।

भिस्वा बजारमा रहेको श्री मंगल माबी भिस्वाबाट सिसि टिभी फुटाएर दुई पटक चोरी गरि २७ वटा कमप्युटर , डेस्टप, फर्निचर लगायत चोरी भएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी हरुले दिन भरी तस्करहरुमा ब्यस्त रहेको र रातभरी सुतने गरेकोले गस्ती फितलो भएको कारण चोरीको घटना बढेको स्थानिय हरुको गुनासो रहेको छ।

बिध्यालय भएको चोरीको घटना नसेलाउदै अर्को बजारमा किराना पसलमा चोरी भएको कारण अहिले भिस्वा क्षेत्रमा दहस्तका महौल बनेको स्थानीय हरुले जनाएका छन।