प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत पाए

14

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्री दाहालको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा प्रतिनिधिसभामा  २६८ सांसद उपस्थित थिए । उपस्थितमध्ये एकजनाले पक्ष-विपक्षमा मत दिएनन् ।

प्रधानमन्त्री दाहाललाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्क्ति पार्टीले विश्वासको मत दिए ।

विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी उभिए ।

प्रधानमन्त्री प्रचण्डले  यसअघि दुई पटक विश्वासको मत पाइसकेका छन्  ।

पहिलाे पटक २०७९ पुस २६ गते प्रधानमन्त्रीले २६८ मत पाएका थिए ।

दोस्रो पटक ०७९ चैत ६ गते प्रधानमन्त्री प्रचण्डको पक्षमा १७२ मत परेको थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here