जलवायु परिवर्तनको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने प्रयासमा सरकार

35

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको जनाएका छन्।

बिहीबार काठमाडौंमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्।

उनले जलवायु परिवर्तनको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने प्रयासमा सरकारले काम गरिरहेको जनाए। उनले स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनको महत्त्वलाई ध्यानमा राखी सरकारले मुख्यतया अनुकूलनका साथै न्यूनीकरणका उपायहरू अवलम्वन गरिरहेको जिकिर गरे।

मन्त्री यादवले सरकारले स्वास्थ्य व्यवसायीहरूको क्षमता अभिवृद्धि, अनुसन्धान अध्ययन, जलवायु संवेदनशील रोग निगरानी प्रणालीको सुदृढीकरण, स्वास्थ्य संस्थाहरूमा जलवायु प्रतिरोधीता र वातावरणीय दिगोपन हामीले कार्यान्वयन गर्दै आइरहेको जनाए।

न्यूनीकरण उपायहरूले राष्ट्रिय र विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्न केही हदसम्म योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here