फ्रेन्च महिला लिग खेलिरहेकी सावित्रा भण्डारी पहिलो रोजाइमा

32

काठमाडौं । नेपाली स्टार फुटबलर सावित्रा भण्डारीले फ्रेन्च महिला लिगमा इए गुइगाम्पका लागि पहिलो रोजाइमा खेलेकी छन् ।

पहिलो पटक फ्रेन्च लिग खेल्ने नेपाली खेलाडीको कीर्तिमान बनाएकी सावित्राले शनिवार पेरिस एफसीविरुद्ध पहिलो रोजाइमा खेल्ने अवसर पाएकी हुन् ।

यसअघि उनले खेलेको चार खेलमा वैकल्पिक खेलाडीको रुपमा खेल्दै एक गोल समेत गरेकी थिइन् ।

पहिलो पटक सुरुवात गरेकी उनले पूरा ९० मिनेट मैदानमा बिताएकी थिइन् ।

सावित्रा पहिलो रोजाइमा खेलेको खेलमा उनको टोली भने पेरिस एफसीसँग ४-० ले पराजित भयो ।

पहिलो हाफमा तीन गोल बेहोरेको गुइगाम्पकाले दोस्रो हाफमा थप एक गोल खाएको थियो ।

जितपछि पेरिस १६ खेलबाट ३७ अंकसहित तेस्रो स्थानमा छ । गुइगाम्प भने १७ खेलबाट १५ अंकसहित दशौ स्थानमा छ । गुइगामप पछि रहेका लिलको ८ अंक र बोर्डोको ७ अंक छ । १२ टोली सहभागि लिगमा अन्तिम २ टोली रेलिगेसनमा पर्नेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here