दुर्गा प्रसाईंका दुई निजी सुरक्षाकर्मी पक्राउ

30

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना निजी सुरक्षाकर्मी (बडिगार्ड)लाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार उनीहरुलाई सर्वोच्च अदालतबाट प्रहरीले पक्राउ गरेको हो। सर्वोच्च अदालतमा कार्यरत प्रहरीले पक्राउ गरेर उनीहरुलाई काठमाडौँ प्रहरी परिसरसमक्ष बुझाएको छ।

उनीहरु हतियारसहित सर्वोच्च प्रवेश गर्न खोज्दा पक्राउ परेका हुन्। प्रसाईंका बडिगार्ड झापाको बुद्धशान्ति–३ का दीपक खड्का हतियारसहित सर्वोच्च पुगेका थिए।

सर्वोच्च अदालतमा आज दुर्गा प्रसाईंको मुद्दामा सुनुवाइ भइरहेको छ। सर्वोच्चका प्रवक्ता वेदनारायण उप्रेतीले हतियारसहित अदालतमा प्रवेश गर्न नपाइने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here