काठमाडौं । म्याग्दी, अन्नपूर्ण गाउँपालिका-५ नेपानेस्थित सडकमा ग.१ ज ७६५३ नम्बरको बोलेरो जिप सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-५ पाउद्धर बस्ने २७ वर्षीय लाल बहादुर तिलिजा र जिपमा सवार मुस्ताङ घाँसा घर भएका ३५ वर्षीय गणेश श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।
दाङ, बबई गाउँपालिका-१ भागोदुलामा लु.१ ज १४२७ नम्बरको जिप सोमबार बिहान दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका-१ बस्ने ४५ वर्षीय जित बहादुर बुढाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालक समेत ४ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि नर्सिङहोम नेपालगञ्ज बाँके रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















