पाँच दिनदेखि बेपत्ता भएका व्यक्ति ३० फिट गहिरो इनारभित्र फेला !

116

सर्लाही / ३० फिट गहिरो पानी सुकेको इनारमा पाँच दिनदेखि बेपत्ता भएका एक व्यक्ति  भेटिएका छन् ।

हरिवन नगरपालिका–५ निवासी ५५ वर्षीय सानुमान जिम्बालाई घुर्कौलीस्थित सुकेको इनारभित्र फेला पारिएको हो । १२ वैशाखदेखि हराइरहेका उनलाई ३० फिट गहिरो इनारबाट नेपाली सेना रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले सकुशल निकालेको हो ।

बेपत्ता भएपछि उनको खोजी भइरहेको थियो । तर स्थानीय १३ वर्षीय बालक विवश पाख्रिनले इनारमा जिम्बालाई देखेपछि भुत भुत भन्दै गाउँतिर भागेका थिए । त्यसपछि स्थानीयले उनी भएको थाहा पाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here