नागरिकता विधेयक विरूद्ध बृहत् प्रदर्शनको तयारी

89

काठमाडौं / नागरिकता विधेयककाविरूद्ध बृहत् प्रदर्शन गरिने भएको छ । झण्डै एक दर्जन राजनीतिक दलको अगुवाईमा
आइतबार दिउँसो २ बजेपछि उक्त विधेयकका विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिने राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले जानकारी दिए ।

विदेशीलाई खुला रुपमा वंशजको नागरिकता दिनेगरी विधेयक बनाएकाले आन्दोलन गर्नुपरेको भन्दै केसीले तत्काल विधेयक नै खारेज गर्न माग गरेका छन् ।

राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले ,जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद नेपाल लगायतका विभिन्न राजनैतिक पार्टी र संघसस्थाको संयुक्त आयोजनमा प्रदर्शन गर्न लागिएको हो । राष्ट्रघाती नागरिकता विधेयककाविरूद्ध बृहत् जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर चोकमा गएर कोणसभा गर्ने उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here