सुदूरपश्चिम प्रदेशलाई दिएको समर्थन कायमै राख्ने नाउपाकाे निर्णय

30

धनगढी – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई विश्वासको मत दिन निर्णय गरेको छ। आइतबार  बसेको प्रदेशसभा संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेका हो।

प्रदेश सभा संसदीय दलको कार्यालयमा बसेको बैठकमा ७ जना प्रदेश सभा सदस्यमध्ये प्रदेश सभा सदस्य कैलाश चौधरी र टीका थापा भने सहभागी थिएनन्। कैलाश चौधरी र टीका थापाबाहेक सरकारमा सहभागी पाँच जना सदस्यहरूको बैठकमा उपस्थिति रहेको थियो।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आर्थिक मामिला मन्त्रीसमेत रहेका संसदीय दलका नेता घनश्याम चौधरीले अहिलेको सरकारलाई नै समर्थन कायम राख्ने र चाँडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताए। उनले यो हप्ताभित्रै सरकारले विश्वासको मत लिने बताएका छन्।

बैठकमा सहभागी नभएका प्रदेशसभा सदस्यहरूलाई समेत सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको दाबी संसदीय दलका नेता चौधरीको छ। केन्द्रमा नयाँ गठबन्धनमा सामेल भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिएका बेला प्रदेशमा छुट्टै समीकरण बनाएर नयाँ सन्देश दिन खोजिएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here