काठमाडौं । न्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-५ सानोसिरुबारी बस्ने ८७ वर्षीया मनमाया मगर सोही नगरपालिका-५ भिमसेन मन्दिर नजिकै बाटोमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
उदयपुर, बेलका नगरपालिका-४ बस्ने ६१ वर्षीय दिल कुमार फुँयाल सोही नगरपालिका-३ स्थित ढाक्रेबाँस नजिकै सामुदायिक जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं, शंखरापुर नगरपालिका-३ जहरसिंपौवास्थित सामुदायिक जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, ईटहरी उपमहानगरपालिका-२० पानीपिया जंगलस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















