काठमाडौं । जनमत पार्टीकी सांसद गोमालाभ सापकोटाले मधेश प्रदेशका कारागार र बाल सुधार गृहहरूको अवस्था सुधारका लागि सरकारलाई आग्रह गरेकी छन् ।
प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट मधेश प्रदेशका कारागार र बाल सुधार गृहको अनुगमनमा जाँदा त्यहाँको दयनीय अवस्था देखेको बताइन् ।
वीरगञ्जमा पनि क्षमताभन्दा बढी कैदीबन्दी राखिएको उनले बताइन् । मधेशका अन्य जिल्लामा पनि समस्या रहेको उल्लेख गर्दै उनले भनिन्, ‘कारागारमा कैदीबन्दी त के पशु पनि बस्न नसक्ने अवस्था रहेछ ।’

















