‘मिसन इम्पोसिबल’को नयाँ श्रृंखलाको छायांकन सुरू

37

काठमाडौं । हलिउड अभिनेता टम क्रुजले कथानक चलचित्र  ‘मिसन इम्पोसिबल’को नयाँ श्रृंखलाको छायांकन थालेका छन् । लण्डनको छायांकन सेटबाट केही ताजा तस्वीर र भिडियो सार्वजनिक भएका छन्, जहाँ यी अभिनेता सडकमा दौडिइरहेको देख्न सकिन्छ ।

पहिलो तस्वीरमा क्रुज लण्डनको वेस्टमिन्स्टर पुलमा दौडिरहेको देखिन्छ, जहाँ भागदौडको दृश्य छायांकन भइरहेको छ । जहाँ उनी कालो कोट र सेतो टिसर्टमा देखिएका छन् । उनको टिसर्टमा रगत लतपतिएको देखिन्छ ।

दोस्रो तस्वीरमा उनी मुस्कुराउँदै र छायांकनको बीचबीचमा टोलीसँग कुरा गरिरहेको देखिएको छ । अर्को फोटोमा लन्डनको प्रतिष्ठित ल्यान्डमार्कको छेउमा उभिएको धेरै सशस्त्र सैनिक उभिएको देख्न सकिन्छ ।

भिडियोमा उनी क्ल्याप बजेसँगै सडकको अर्को भागतिर तीव्र गतिमा दौडिएको देखिन्छ । हलिउडमा हालै चलेको कलाकार र लेखकको हड्तालका कारण यो फिल्मको रिलिज सन् २०२५ मा हुने जनाइएको छ ।

‘मिसन इम्पोसिबल’को यो आठौं श्रृंखलामा उनी जासूस पात्र इथन हन्टको रोलमा छन् । यस चलचित्रकाे निर्देशन क्रिस्टोफर म्याक्क्वेरीले गरिरहेका छन् भने प्यारामाउण्ट पिक्चर्सले फिल्म निर्माण गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here