प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीकाे बधाई

59

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले बधाई ज्ञापन गर्नुभएको छ । चौथो पटक नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकोमा उहाँले सामाजिक सञ्जालमार्फत बधाई दिनुभएको हो ।

पाकिस्तानी समकक्षी शरिफले ओलीलाई उहाँको कार्यकालमा दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ । साथै क्षेत्रीय सहयोग प्रवर्धनमा पनि दुई मुलुक सफल हुने विश्वास लिइएको छ । त्यसैगरी पाकिस्तानी विदेशमन्त्री इशाक दारले परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालाई सफल कार्यकालको शुभकामनासहित बधाई दिनुभएको छ ।

उहाँले मन्त्री देउवाको कार्यकाल दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ बनाउन सहयोगी हुने र द्विपक्षीय सम्बन्धको क्षेत्र थप फराकिलो हुने विश्वास लिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here