कैदीहरुलाई अदालतको सेटिङ मिलाई छुटाइदिन्छु भन्दै लाखौँ रकम ठग्ने एक पक्राउ

33

काठमाडौं । कारागारमा रहेका कैदीहरुलाई अदालतको सेटिङ मिलाई छुटाइदिन्छु भन्दै लाखौँ रकम ठग्ने एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ।

धादिङको सिद्लेक गाउपालिका ७ घर भई हाल काठमाडौँको कलंकी बस्ने ३७ वर्षका शिशिर कुमार भट्टलाई मंगलबार काठमाडौँको माइतीघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शिशिरलाई बैकिङ कसुर, बैदेशिक रोजगार जस्ता बिभिन्न मुद्धामा उच्च अदालतको आदेशले डिल्लीबजार कारागार चलान भई थुनामा रहेका कैदीहरुलाई अदालतको सेटिङ मिलाई कारागारबाट छुटाई दिन्छु भनी ९ लाख ८० हजार ९ रुपैयाँ ठगेको आरोपमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ।

प्रहरीकाका अनुसार शिशिरलाई थप अनुसन्धान एवंम कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here