काठमाडौं । अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन् ।
१९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका युएस ओपन च्याम्पियनसीपमा सहभागी हुन अमेरिका गएका गुरुङ र १०औं साग गेमका गोल्डमेडलिस्ट समेत रहेका प्रशिक्षक श्रेष्ठलाई मोमो हाउस ह्युस्टनले १५ सय डलरसहित आज सम्मान गरेको हो ।
गत २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्सासमा भएको उक्त प्रतियोगितामा एरिकाले १८ देखि २० वर्ष उमेर समूह र ६८ केजी तौल समूहमा स्वर्ण पदक हात पारेकी थिइन् । साथै सिनियर ६८ केजी तौलमा भने उनले रजत पदक प्राप्त गरेकी थिइन् ।
जुलाईमा भुटानमा हुने ८औं साउथ एसियन कराते च्याम्पियनसीप प्रतियोगितालाई पनि सहयोग पुग्ने विश्वास प्रशिक्षक श्रेष्ठको छ
उनका अनुसार अमेरिका गएको कराते टोली ९ तारिखमा काठमाडौ फर्किनेछ ।


















