मेडिकल काउन्सिल सदस्यमा माकुनेकी छोरी सिफारिस

34

काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा रिक्त सदस्य पदमा नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार सिफारिस पर्नेमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकी छोरी डा. सुमन नेपालसहित दुई जना रहेका छन् । त्यसैगरी डा. रिकेश जंग काकी र डा.मनोजमान श्रेष्ठको नाम मन्त्रालयले फाइनल गरी मन्त्रिपरिषद्मा पठाएको मन्त्रालयका एक उच्च अधिकारीले जनाए ।

ती अधिकारीका अनुसार काउन्सिलको सदस्य रिक्त पदमा ४ जना चाहिने भए पनि अहिले तीन जनाको नाम सिफारिस गरिएको हो । ‘हामीले तीन जनाको नाम सिफारिस गरेका हौं । निर्णय भएर आएको छैन,’ ती उच्च अधिकारीले भने ।

नेपाल मेडिकल काउन्सिल ऐन २०२० दफा ४ मा काउन्सिलको समितिको गठन बारेमा उल्लेख छ । त्यसमा केही सरकारले मनोनित गर्ने, केही निर्वाचनबाटआउने र केही पदेन सदस्य बन्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here