काठमाडाैं । कीर्तिपुरका डा. कवीन्द्र बज्राचार्यको “ज्ञान झरना” पुस्तक भैरहवाको एसियन बुद्ध होटेलमा शनिबार विमोचन गरिएको छ ।
कार्यक्रम सन्चालन प्रतिक पाण्डेबाट भएको थियो बिशेष अतिथि प्रा. डा. गीतु गिरि, (लुम्बिनी बौद्ध बिश्वबिध्यालय अनुसन्धान केन्द्रका डाइरेक्टर), प्रा डा ज्ञानेन्द्र लामिछाने (लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानका चिफ मेडिकल डाइरेक्टर), नारायण अग्रवाल (नेपाल नेत्र ज्योति संघ, रुपन्देही शाखाका उप-सभापति), शरण काजी बुद्धाचार्य (पुष्प किर्ति बुद्ध बिहारका संरक्षक) रहनु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य पूर्ण प्रसाद श्रेष्ठ (सिद्धार्थ बौद्ध समाजका सचिब) ले गर्नु भयो इ डा. कवीन्द्र बज्राचार्यको ४५ औ जन्म दिनको अवसर पारेर पुस्तक बिमोचन गरिएको थियो एकै दिनमा १२० वटा पुस्तक बिक्रि भएको छ ।
साे पुस्तक अध्ययन गरेरर सहज रुपमा बुद्ध शिक्षा बुझ्न मद्दत हुने लेखकले जनाए ।


















