वेस्ट इण्डिजका रोडरिक नेपाली राष्ट्रिय क्रिकेटमा बलिङ प्रशिक्षक नियुक्त

38

काठमाडौं । वेस्ट इण्डिजका तीव्र गतिका पूर्व बलर रोडरिक अर्विल एस्टविक नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि बलिङ प्रशिक्षक नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी टी-२० विश्वकपको तयारीका लागि बार्बाडोसका रोडरिकलाई आज (आइतवार) सल्लाहकार बलिङ प्रशिक्षक नियुक्त गरेको हो।

उनले वेस्ट इण्डिजको राष्ट्रिय क्रिकेट टोलीको बलिङ प्रशिक्षकको जिम्मेवारी पनि सम्हालिसकेका छन्। क्यानले उनको नियुक्तिबारे विस्तृत जानकारी भने दिइसकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here