एसिसी प्रिमियर कप टी–२० मा नेपालको पहिलो खेल मलेसियासित

2

काठमाडाैं ।  उपाधि दाबेदार नेपालले एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेल मलेसियासँग खेल्ने भएको छ ।

प्रतियोगिता ३० चैतबाट ओमानमा आयोजना हुँदै छ । प्रतियोगिताका लागि आयोजक एसियाली क्रिकेट काउन्सिल (एसिसी)ले सहभागी सबै टोलीको घोषणा गरिसकेको छ । नेपालको १४ सदस्यीय टोलीमा भारतमा एसएमएस फ्रेन्डसिप कप खेलेका खेलाडी छन् ।

नेपाल प्रतियोगिताको समूह ‘ए’मा रहेको छ । यस समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । नेपालले ३० चैतमा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेल २ वैशाखमा कतारसँग हुनेछ । हङकङसँग ३ वैशाख र साउदीसँग ५ वैशाखमा समूहको अन्तिम खेल हुनेछ । नेपाल रहेको समूह निकै कमजोर मानिन्छ ।

नेपाल तुलनात्मक रूपमा समूहकै बलियो टोली हो । समूह ‘बी’मा ओमानसहित संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, बहराइन र कम्बोडिया छन् । यो समूहमा ओमान र युएईलाई उपाधि दाबेदार मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here