९ हजार करोड ऋण लिएर भागेका मदिरा व्यापारीलाई भारत ल्याउन अपिल

115

काठमाडौँ / मदिरा व्यापारी विजय माल्यालाई बेलायतबाट भारत ल्याइने भएको छ । सोमबार वेस्टमिंस्टर अदालतको फैसलापछि फरार रहेका ६२ वर्षीय माल्यालाई भारत ल्याउन लागिएको हो ।

सन् २०१६ को मार्चमा भारतीय बैंकबाट ९००० करोड ऋण लिएर लण्डन भागेका माल्यालाई फर्काइदिन भारत सरकारले बेलायत सरकारलाई अपिल गरेको थियो । माल्याले आफू बैंकको ऋण भुक्तान गर्न तयार रहेको जनाएका छन्। उनले ट्वीट गर्दै सबै बैंकको ऋण तिर्न तयार रहेको जनाएका हुन्।

‘म बैंकको सबै ऋण तिर्न तयार छु, तर ब्याज भने तिर्दिनु उनले भनेका छन्। उनले आफूलाई मिडिया र नेताहरुले अपराधि बनाएको बताएका छन्। ‘म अपराधि होइन, तर भारतमा मलाई अपराधि बनाइएको छ’ उनले भनेका छन्। ‘

जालसाजी र मनी लन्ड्रिङ्गको आरोपमा माल्या सन् २०१७ मा स्कटलाण्डबाट पक्राउ परेका थिए तर उनी केही दिनमा नै जमानतमा छुटेका थिए । उनलाई भारत फर्काइदिन गरिएको अपिलको विषयमा सन् २०१७ देखि लण्डनको अदालतमा मुद्दा चलिरहेको थियो ।

न्यायाधीश एम्मा आर्बटनान्टले भने, ‘माल्याको विरुद्ध धोका, जालसाजी, षड्यन्त्र र मनी लन्ड्रिङ्ग गरेको आरोप लागेका छन् । अदालतले उनको मुद्दा ब्रिटिश सरकालाई सुम्पेको छ ।’

फैसला हुनुभन्दा पहिले अदालत पुगेका माल्याले भने, ‘भारत फर्किनु सँग पैसाको कुनै पनि सम्बन्ध छैन । मैले पैसा फिर्ता गर्छु भनेको छु । मैले पैसा चोरेको हैन । मेरो किङ्गफिसर एयरलाइन्स बचाउनको लागि ऋण लिएको थिए र ४ हजार करोड रुपैयाँ त्यसैमा लगाएको थिए ।’

आफूविरुद्ध लागेको आरोप राजनीतिक चलखेल भएको भन्दै माल्याले एक रुपैयाँ पनि उधारो नलिएको जनाएका छन् ।

उनले भारतका जेलको अवस्था ठीक नभएको भन्दै उनले बेलायतबाट भारत नर्फकाउन अनुरोध गरे । त्यसपछि युकेको अदालतले भारतको जेलको भिडियोको माग गर्यो । भारतको आर्थर रोडस्थित ब्यारेक नम्बर १२ को भिडियो पठाइयो । भिडियो हेरेपछि युकेको कोर्टले सहमति जनाएको छ । उक्त ब्यारेकमा माल्यालाई राखिनेछ ।

मिडिया रिपोर्टको अनुसार भारत फर्काउन गरिएको फैसला अघि उनले भारतको राजनीतिक अवस्था राम्रो नभएको र उनलाई न्याय नमिल्ने पनि उल्लेख गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here