‘वातावरण सफा राखौं र स्वच्छ बनौं’ भन्ने नारासहित एकल म्याराथन

36

काठमाडाैं । ‘वातावरण सफा राखौं र स्वच्छ बनौं’ भन्ने नारासहित पुस्कर विश्वकर्माले चक्रपथमा एकल म्याराथन रेस गर्ने भएका छन् ।

६५ वर्षका विश्वकर्माले बुधवार बिहान साढे ६ बजे कलङ्कीबाट आफ्नो म्याराथन शुरू गर्ने भएका हुन् ।

उनको दौडको आयोजना लायन्स क्लब अफ काठमाडौँले गर्ने अध्यक्ष तारा प्रसाद मैनालीले जानकारी दिए ।

बर्दियानिवासी विश्वकर्मा यसअघि पनि विभिन्न सन्देश लिएर विभिन्न दौड प्रतियोगितामा भाग लिँदै आएका छन् ।

बुधवार उनले कलङ्की हुँदै बल्खु, एकान्तकुना, सातदोबाट, कोटेश्वर, महाराजगंज हुँदै कलङ्कीसम्म २७ किलोमिटर दौडने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here