काठमाडाैं । नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन तथा मसाल जुलुससहित विरोध गरेकाे छ।
नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले बुधबार दबाब स्वरुप गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेकाे हाे।
कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग गर्दै संसद्मा पनि विरोध जनाइरहेको छ।


















