आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

13

काठमाडौं । बारा, सुवर्ण गाउँपालिका-७ चौरैया बस्ने नुर महमदको घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी भई सोही ठाउँ बस्ने अलि हुसेन मिँया, टिवन मिँया, जिकुरुल्हा मिँया र समिमा खातुन घरमा समेत आगलागी हुँदा पाँचै जनाको घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन गरी करिब ३० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ताप्लेजुङ, फुङलिङ नगरपालिका-६ गैरीगाउँ बस्ने गणेश गुरूङको घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात, सुन ४ तोला, चाँदी ७ तोला गरी करिब २४ लाख ३१ हजार २ सय ५० रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै उक्त आगलागीबाट सोही ठाउँ बस्ने छविलाल नेपालीको भान्छा घर समेत जलेर करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्युठान, स्वर्गद्वारी नगरपालिका-४ फुर्सेटाकुरास्थित स्वर्गद्वारी गुठीको जंगलमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ७२ वर्षीय आत्मराम सुनारको घरमा समेत आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here