काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ महिनाभित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना भएको जनाका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीले १५ महिनाभित्र तीन पटक विश्वासको मत लिने कुरा बिडम्वना र नेपालको आफ्नो विशेषता भएको जनाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले कुनै दलले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग भएको महशुस नहोस् भनेर काँग्रेसबाट राष्ट्रपति निर्वाचित गर्न सहयोगगरेको जिकिर गरे ।
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन, जनशक्ति, श्रोत र साधनसहित अधिकार सम्पन्न बनाई भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रत्याभूति दिलाउने पनि जनाए ।
















