कोभिड–१९ विषयमा नयाँ तथ्य सार्वजनिक

35

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) विषयमा नयाँ तथ्य सार्वजनिक भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संसारभरका ५०० भन्दा बढी वैज्ञानिकले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन्। अहिलेसम्म विज्ञहरूले विभिन्न दाबी गर्दै आएका थिए।

यस सम्बन्धमा प्रमाणसहितका प्राविधिक कागजात बिहीबार डब्ल्यूएचओको जेनेभा मुख्यालयबाट जारी गरिएको छ।

डब्ल्यूएचओले प्राविधिक कागजातले दादुरा र भविष्यमा महामारीको खतरा जस्ता विद्यमान रोगको प्रसारलाई राम्रोसँग व्यवस्थापन गर्न रणनीति बनाउन पनि जोड दिएको छ।

यस्तै, कोभिड संक्रमण हावाबाट सर्ने संक्रामक रोगको श्रेणीमा राख्न सकिने पनि उल्लेख गरिएको छ।

भाइरस हावाबाट मानिसमा पुग्ने र त्यसले संक्रमित गराउन मद्दत गर्ने निष्कर्ष पनि वैज्ञानिकले निकालेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here